Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

मुख्य कमाण्डरसहित सात लडाकू मारिए



 

२० माघ, लासकारगाह, अफगानिस्तान (रासस/सिन्ह्वा) । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।

अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् ।

सेनाले तालिबान लडाकू कमाण्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ ।

लडाकूहरुले आफ्ना आखडामा राखेका अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको बताइएको छ ।

सेनाले सुरक्षाकर्मीतर्फको क्षतिको बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा