Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा रेल दुर्घटनामा छ जनाको मृत्यु



२० माघ, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् ।

सो घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सात जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन् ।

दुर्घटनामा परेका पीडितहरुलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरु घोषणा गरेको बताइएको छ ।

दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणासमेत गरेको समाचारमा जनाइएको छ ।

भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेहरु सबैलाई उपचार खर्च रेल सञ्चालक संस्थाले नै वेहोर्ने बताइन् ।

बिहारको बैशाली जिल्लामा सो दुर्घटना भएको हो । रेलले पटरी छोडेर बाहिर निस्किएपछि सो दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाका बेला अधिकांश यात्रु निदाएका अधिकारीले जनाएका छन् । उक्त रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द बिहार रेलवे स्टेशनमा पुग्ने तालिका रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय