back

टि–२० सिरिज जित्दै नेपालले रच्यो इतिहास

वि.सं.२०७५ माघ २० आइतवार

330 

shares
GLOBAL IME AD
NTC AD
तस्विर : युवराज श्रेष्ठ

२० माघ, काठमाडौँ  । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई÷दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई÷दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए । यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।

नेपाली टिमले जितेपछि खुशी मनाउँदै दुबईका नेपालीहरु । तस्विर : पासाङ शेर्पा

विजेता टोलीलाई नेकपा अध्यक्षको बधाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिएका हुन् ।

अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गरे ।

अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन् ।

वि.सं.२०७५ माघ २० आइतवार १९:४५ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...