२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भूभाग ठान्ने गरेको सार्वजनिक भएको छ । गत साता आफ्नो गुप्तचर अधिकारीहरुसँगको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले जनाएको छ ।
गुप्तचर संस्थाहरुसँग बढ्दो दूरी र द्धन्द्धबीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक सम्झाउनु परेको उच्च अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । दक्षिण एसियाबारेको ब्रिफिङमा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि ंबंगलादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए । आजको अन्नपूर्णपोस्ट दैनिकबाट