२१ माघ काठमाडौ । सगरमाथाको नयाँ उचाइको निक्र्योल एक वर्षपछि मात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाए घटबढ भएको हुन सक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ ।
नेपाल आफैँले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाए मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । नापी विभागको सक्रियतामा २०७४ फागुनदेखी सगरमनथन उचाइ मापन कार्यसुरु भएको थियो ।
विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तराष्ट्रिय रुपमा विवादित बन्नु, २०७२ सालको विनाशकारी गोरखा भूकम्प को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थित पत्ता लगाउन आवाश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ २१ सोमवार ०८:२६ मा प्रकाशित