Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिका भ्रमणमा आउँदै हनुहुन्छ ? तपाइले जान्नै यी पर्ने कुरा !



 

अमेरिका आई स्थायीरुपले बसोबास गर्ने नेपालीहरुले आफ्ना परिवार ,बुवाआमा, परिवारका सदस्यहरुलाई मिल्न सक्ने र पैसाले पुगे अवस्था छ भने बोलाउने गर्दछन । यसरी आउने जाने क्रम जारी छ । यो निरन्तर चलिरहेको पनि छ ।

नेपालमा बाट पति–पत्नी, छोरा–छोरी, बा–आमा, ससुरा–सासु, दाजुभाई–दिदि बहिनी तथा नातेदारहरु आईरहन्छन । आफ्ना परिवार बाहेक साथीभाई इष्टमित्र सबै मिल्ने छ र प्रवेशाज्ञा अमेरिकन दुताबासले जारी गरेमा आउछन् ।

तर अमेरिका आए पछि सबै भन्दा पहिला जो आउछ आफूले अमेरिकामा घरमा प्रयोग हुने चिजहरु, सामानहरु, पकाउने जिनिसहरु आदि ईत्यदिको बारेमा सामान्य जानकारी दिनु अति आवस्यक हुन्छ ।

त्यसमा पनि अलिक बृद्ध अवस्था या उमेरका सबैलाई पूर्णरुपमा घरमा बस्दा चलाउने बिधि, के गर्नु हुन्छ ? के गर्नु हुदैन ? कसरी चलाउने ,घर बाहिर छेउछाउमा निस्कदा के गर्ने ? ढोका कसरी लगाउने ? बाहिर निस्के पछि थुनिएमा के गर्ने आई ईत्यादी बारेमा अमेरिकामा बसोबास गर्ने या बोलाउनेले जानकारी दिनै पर्छ ।

अमेरिकामा बस्नेले उनीहरुले थाहा पाई हाल्छन भन्ने सोच्नु हुदैन । आफूले सैद्धान्तिक रुपमा भन्दा पनि प्रयोगात्मक (प्राक्टिकल) रुपमा घर रहेका चलाउनु पर्ने कुराहरुमा ज्ञान दिनु अपरिहार्यता हुन्छ ।

आफूले सैद्धान्तिक रुपमा भन्दा पनि प्रयोगात्मक (प्राक्टिकल) रुपमा घर रहेका चलाउनु पर्ने कुराहरुमा ज्ञान दिनु अपरिहार्यता हुन्छ ।

किनभने अमेरिकामा हरेक चिज स्वचालित (अटोमेटिक) हुन्छ । सवारी साधन पनि स्वचालित हुन्छ । घरमा जडान गरिएका चीज स्वचालित हुन्छन् । तर नेपालमा सबै कुराहरु अधिकांश रुपमा हस्तचालित हुन्छ ।

अमेरिकामा आवासीय घरहरु सबै काठले बनेका हुन्छन । त्यसैले सावधानी अपनाउनु पर्ने हुन्छ । छिरिक्क गर्यो भने घर एकै छिनमा जलेर नष्ट हुन्छ । अमेरिकामा बसोबास गर्नेले आफूले बोलाएका परिवार वा अन्य पाहुँनालाई आइसकेपछि प्रारम्भिक ज्ञान दिन अति जरुरी हुन्छ ।

सबैभन्दा पहिला ,घरमा नेपालबाट जो सुकै आएता पनि हामी काममा जानै पर्छ । चलन नै त्यस्तो हुन्छ । जो कोही नवआगन्तुक या अतिथिहरुलाई घर जिम्मा लगाउनु अगाडी सावधान र सतर्कता अपनाउन लगाउनु पर्छ ।

अमेरिकामा घरभित्र रहेका बिशेष गरि लुगाधुने यन्त्र, भात पकाउने इन्धन चुलो, भाडा माझ्ने यन्त्र, ढोका र झ्याल लगाउने तरिका ,बिधुतिय कुचो (भ्याकम) आपतकालीन अवस्थामा –११ मा कसरी कुरा गर्ने,केही आकस्मिक परेमा आफूलाई तु कसरी कार्यस्थलमा भए पनि सम्पर्क गर्न लगाउने आदी ईत्यादी कुरामा पोख्त बनाउनु पर्छ । अनि मात्र हामी बाहिर निर्धक्क भएर जान सक्छौ ।

अमेरिकामा बिशेष गरि बृद्ध भएका बाआमाहरु, उमेर ढल्केका दाजुभाई ,दिदि ्बहिनि तथा आफन्तहरु फसेका छन् । स्नान गर्न पस्यो ,स्नान गृहमा समस्या आईपर्छ । चिया पिउन मन लाग्छ तर स्वचालित चुलो चलाउन लाग्दा घरमा ठूलो धुवा हुँदा घरमा जडान गरिएका धुवाँ संसूचक (स्मोक डिटेक्टर) कराएर आपत । त्यस्तो बेलामा प्रहरी र छरछिमेक आइहाल्छन् ।

लुगा कसरी धुने कति लुगा मात्र राख्नु पर्छ भन्ने नजान्दा लुगा धुने यन्त्रबाट पानी बाहिर निस्केर घरबेटी घर आउँदा घर भरि पानीको पोखरी बन्दछ । सबैभन्दा पहिला भात र तरकारी पकाउदा कसरी बिधुतिय यन्त्र या इन्धन–ग्यास–चुलो बाल्ने भन्ने प्रयोगात्मक रुपमा २–४ पटक सिकाउनै पर्छ ।

नुहाउन गयो तातो पानी र चिसो पानीलाई कसरी मिलाउने भन्ने जाँदा तातो पानीले पोलेर आत्था पोल्यो भन्ने अवस्था पनि आईपर्छ । ढोका लगाउन नजान्दा बृद्धबुवा आमा तथा जो कोही थुनिने पनि हुन्छन ।ढोका लगाउन नजान्दा बृद्धबुवा आमा तथा जो कोही थुनिने पनि हुन्छन् ।

घटना भएका छन् । घरमा एक्लै छोडेर गएका बुवाआमा बाहिर यसो निस्कन्छु भन्दा दिन भर बाहिरको बाहिर नै बस्नु पर्ने पनि घटना भएका छन् ।

बाहिर घन्टी बजाउदा हेरेर मात्र खोल्नु भन्नु पर्छ । नेपाल जस्तो जो कोहीलाई पनि खोल्ने चलन अमेरिकामा हुदैन । सावधान र सतर्कता अपनाउन लगाउनु पर्छ । नेपालमा जस्तो घरमा रहेको दुरभाषको घन्टी बज्ने बित्तिकै उठाउने चलन हुदैन । को बोलेको हो ? क कसको त्यस्तो घन्टी आउछ ? यस्ता कुरामा ध्यान दिनुपर्छ भनि सुरु मै बताउनु पर्छ ।

आफू काममा जानु अगाडी खानेकुरा राखेर सबै कुराहरु प्रष्ट बताउनु पर्छ । कहिलेकाही इन्धन चुलो बाल्न नसकेर भोकै पर्नुपर्ने पनि हुन्छ । अमेरिकामा ढोकामा नेपाल जस्ता चुकुल नहुने भएकोले प्रयोगात्मक रुपमा सिकाउनु पर्छ ।

नत्र थुनिने हुन्छ । कहिले काही शौचालय खोल्न र बन्द गर्न नआउदा थुनिएका घटना भएका छन् । सबैभन्दा अमेरिकामा आगोसँग सावधान हुनुपर्छ ।बालबालिकाहरुका लागि सलाई जस्ता चिजहरु उनीहरुले पुग्न नसक्ने ठाउँ वा नदेख्ने गरी लुकाउनु पर्छ ।

अमेरिका आएका नेपाली समुदायलाई यस्ता कुराहरुको ज्ञान हुने भएता पनि आफूले नया मान्छेलाई सिकाउनै पर्छ । नत्र ठूलो नोक्सान आफूले भोग्नु पर्ने हुन्छ । घरमा बिशेष गरि बसीरहेका बाबु आमा र बृद्ध अवस्थाका जो कसैलाई पनि आफ्नो सम्पर्क संख्या ठूलो अक्षरमा लेखि प्रयोगात्मक रुपमा चलाउन सिकाउनु पर्छ । किनभने आपतकालिन अवस्थामा केही नजान्दा ज्यान जाने र ठूलो दुर्घटना समेत हुन सक्ने हुन्छ ।

बिसेष गरि बृद्ध अवस्थाका बुवाआमा लगायतलाई बाहिर निस्कदा घरको ठेगाना अंग्रेजीमा सानो कागजमा लेखिदिने । छोराछोरीको सम्पर्क संख्या (फोन नम्बर) दिने गर्नुपर्छ । किनभने यसो गरेमा ढोका खोलेर बाहिर निस्केका बृद्ध बुवाआमाले कम्तिमा पनि छोराछोरी कामबाट घर आउनु अगाडी नै सम्पर्क गर्न सक्ने बनाउनु पर्छ ।

समग्रमा मानिस जन्मने बित्तिकै सबैकुरा सिकेका हुदैनन् । बिस्तारै सिक्दै जाने हो । अमेरिका आएका सबैले यसैगरी कसैले सिकाएका हुन् । सिक्न समय लाग्दैन् । उनीहरुले एकै पटकमा जान्दछन भन्ने सोच्नु हुदैँन । प्रयोगात्मक रुपमा पटक–पटक सिकाउनु पर्दछ । नेपालमा क्षयरोग (टीबी) भएका बिरामीलाई प्रयोगात्मक रुपमा सिकाएको झैँ गरेमा यस्ता कुराले नेपालबाट आएका जो कसैले दुख पाउदैनन् । अस्तु

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र