
साउदि अरब । नेपाल मगर संघ, शाखा साउदी अरबले ३७ औं मगर दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसर पारि संघले आउदो मार्च ८, तारिख शुक्रबार एक बिशेष कार्यक्रम गर्न लागेको हो ।
साउदी अरबको पूर्वी प्रान्त अलखोबरस्थित गल्फ दरबार होटलमा तय गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान सहित स्थानीय कलाकारहरुको बेजोड सुमधुर सांस्कृतिक कार्यक्रम समेत तयारी गरिएको संघका प्रमुख सल्लाहकार खिम गर्बुजाले जानकारी दिएका छन् ।
कार्यक्रमलाइ भब्य र शव्य रुपमा सु–सम्पन्न गर्न आयोजक समिति अन्तिम तयारीमा जुटेको जनाउँदै संघले साउदी अरबमा कार्यरत मगर तथा गैरमगर दाजुभाई, दिदिबहिनी, पत्रकार, समाजसेवी र बुद्धिजीवी लगायत नेपाली जनसमुदायलाई आव्हान गरेको छ ।