
२१ माघ ओखलढुंगा । पुर्णबहादुर थापा मगर र गुनिसा थापामगरले २०६९ वैशाखमा प्रेम विवाह गरे । विवाहपश्चात उनीहरुको जीवन सामान्यरुपमा बितिरहेको थियो । उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले पुर्णबहादुर विदेश जाने सोच बनाए । श्रीमती गुनीसासमेतको घरसल्लाहामा दूई वर्षपछि पुर्णबहादुर बैदेशिक रोजगारीका लागि मलेसिया गए । पुर्णबहादुर मलेसिया जाँदा गुनीसा ६ महिनाकी गर्भवती थिइन् ।
प्ूर्णबहादुर र गुनिसाबीच फोनमा कुराकानी भइरहन्थ्यो । पुर्ण पैसा पनि पठाइरहन्थे । घर खर्च राम्रै चलिरहेको थियो। श्रीमान् विदेश गएको चार महिनापछि गुनीसाले छोरी जन्माइन् उनी २०७१ चैतमा सासुससुरा बाट छुट्टिएर आठ महिनाकी छोरी लिई बस्न थालिन्। त्यो बेला उनको दुई वर्ष कान्छो देवर सोमबहादुर थापासँग अवैध सम्बन्ध सुरु भएको थियो।
सासुससुराबाट छुट्टिएर बस्न थालेसँगै देवरसँग शारीरीक सम्पर्क हुन थाल्यो । २०७२ फागुनक्मा उनको महिनावारी रोकियो । यो कुरा उनलेसोमबहादुरलाई सुनाइन्। क्ेही चिन्ता नलिन र आफुले सबै व्यवस्था गर्ने आश्वासन देवरबाट पाएपछि उनी ढुक्क भइन् । आजको नागरी दैनिक समाचारमा छ ।