back

सम्बन्ध जीवन्त राख्न यी कुरामा ध्यान दिनुहोस्

वि.सं.२०७५ माघ २१ सोमवार

828 

shares
GLOBAL IME AD
NTC AD

माया जीवन जिउने आधार पनि हो । जब दुवैबीच माया बढ्छ जीवन खुसीले भरिन्छ । तर, धेरैपटक हामी जानेर या नजानेर यस्ता गल्ती गरिहेका हुन्छौं, जसले हाम्रो सम्बन्धमा नराम्रो प्रभाव पारिरहेको हुन्छ । यस्तो गल्तीले हाम्रो जीवन पनि प्रभावित गरिदिन्छ । यसकारण यो जान्न जरुरी छ कि सम्बन्धमा यस्ता गल्ती गर्नबाट बच्नका लागि के गर्नुपर्छ ?

गलत जानकारी दिनु- कुनैपनि सम्बन्ध विश्वासको आधारमा अगाडि बढीरहेको हुन्छ । यदि सम्बन्ध झुठको आधारमा टिकाउन खोजिएको छ भने त्यो सत्यता एकदिन बाहिर आउने र त्यसले जीवनमा ठूलो असर गर्छ भन्ने बुझ्न जरुरी छ । यसकारण आफ्ना बारेमा सबै एकैपटक नभनेपनि बिस्तारै साँचो कुरा बताउँदै जानु पर्छ । तपाई आफ्नो बारे गलत कुराहरू नबताउनुहोला । साँचो कुरा तपाईको सम्बन्ध बलियो बनाउन सहयोगी हुन्छ ।

अविश्वास गर्नु- कतिपयले शंकाकै कारण चलिरहेको राम्रो सम्बन्ध गुमाउनु परेको र ठूला दुर्घटना बेर्होर्नु परेको यथार्थता हाम्रा सामु छन् । आजभोली श्रीमान श्रीमतीको सम्बन्धलाई सामाजिक संजालले पनि केही हदमा असर पारिरहेको देखिन्छ । सामाजिक संजालकै कारण धेरै सम्बन्धहरू टुटिरहेका छन् भने केही सम्बन्ध जोडिएका पनि छन् । आफ्नो साथीले सोसल साइटहरू चलाउँदा चेक गर्ने बानी गर्नु नराम्रो हो । जस्तै फेसबुक लगायत उसका म्यासेजहरू चेक गर्नु, पासर्वड माग्नु लगायतका गलत कुराहरू गर्नबाटै टाढै रहनुपर्छ । तर, सामाजिक सञ्जालले उसको स्वास्थ्य या काममा बाधा पारिरहेको छ या यसबाट सम्बन्धमा समस्या देखिन थालेको छ भने उसलाई यस्ता कुरामा सजग गराउन जरुरी हुन्छ । आफ्नो जीवन साथीलाई हरेक कुरामा प्रश्न गर्नु राम्रो हुँदैन ।

सम्बन्धमा लापरवाही- सम्बन्धमा आफ्नो जिम्मेवारी निभाउनुका साथै सम्बन्धको मूल्य बुझ्न जरुरी छ । सम्बन्धमा तपाई सुरक्षित भएको महशुस गर्न जरुरी छ । आफ्नो साथीलाई समय दिनुहोस् र आफ्नो कर्तव्य अनि दायित्वको राम्रोसँग पालना गर्नुहोस् । आफ्नो साथीको भावनाको कदर गर्नुहोस् । यसो गर्नाले तपाईको सम्बन्ध राम्रोसँग अगाडि बढ्छ ।

नकरात्मकताबाट बच्नुहोस्- आफ्नो जीवन साथीलाई कटाक्ष नगर्नुहोस् । यदि उनमा केही नराम्रा बानीहरू छन् भने उनलाई माया गरेर सम्झाउनुहोस् । नकारात्मक आलोचना गर्नाले सम्बन्धमा विपरीत असर गर्दछ । आफ्नो साथी मात्र नभएर अन्यको नराम्रो आलोचनाबाट पनि बच्नुहोस् । अनलाइन या डाइरेक्टरुपमा उनको पोस्ट वा सार्वजनिक रुपमा आलोचना गर्ने गल्ती गर्दै नगर्नुस् ।
क्षमतालाई कम आँकलन नगर्नुहोस्- अन्य मानिस वा आफ्नो जीवनसाथीको क्षमतालाई कम आँकलन नगर्नुहोस् । बरु उनमा भएको कमीहरू पूरा गर्ने कोशिष गर्नुहोस् । राम्रो कामको सह्राना गर्नुहोस् । क्षमता वृद्धि गर्ने हौसला दिनुहोस् । गर्न सक्छौ या त फेरि गर्न सकिन्छ भन्ने हिम्मत उनमा भर्नुहोस् । यसले पनि थाहा हुन्छ कि तपाई उनको कति ध्यान राख्नुहुन्छ र उनको कुनैपनि काममा कतिको चासो दिनुहुन्छ भन्ने ।

सम्बन्धमा खुसीको कमि हुन नदिनुहोस्- एकाआपसमा दुवैले दुवैलाई बराबर सम्मान दिनुहोस् । एकले अर्कोको अस्तित्व स्विकानुहोस् । एक्लै भन्दा दुईजनामा हरेक कामहरू सहज हुन्छन् भन्ने सोच्नुहोस् । यसो गर्नाले एकअर्काप्रति सम्मान बढ्ने र तपाईको सम्बन्ध बलियो हुन्छ । साथै आजको भागदौडको जीवनमा दुवैले एकअर्कालाई कसरी समय दिन सकिन्छ भन्ने सोच्नुहोस् । सम्बन्ध ताजा बनाइराख्नका लागि एकले अर्कोलाई राम्रोसँग टाइम दिनुहोस् ।
तनावबाट टाढा रहनुहोस्- अहिलेको अस्तव्यस्त जीवनमा स–सानो कुरामा पनि तनाव लिने बानी तपाईमा विकास भएको हुन्छ । यसले तपाईको जीवनमा नराम्रो असर पारिरहेको हुन्छ । तपाई तनाबबाट टाढा रहन जरुरी छ । यसबाट टाढा रहनका लागि योग तथा व्यायाम निरन्तर गर्न जरुरी हुन्छ । यसको अलावा तपाईको चाहना अनुसार कुनै खेल खेल्नु वा कतै बाहिर घुम्न जानु पनि राम्रो हुन्छ ।
पुरानो घाउ बल्झाउने काम नगर्नुहोस्- पुराना गल्ती भविष्यमा सजग भएर अगाडि बढ्नका लागि अत्यन्तै उपयुक्त हुन्छ । गल्ती कुनैपनि हुन्छन् तर, गल्तीबाट केही सिकेर जीवनलाई अगाडी बढाउनु नै मानव जीवनको सार हो । कहिले पनि पुरानो गल्ती नदोहो¥याउने गरी अगाडि बढ्नुहोस् । खास गरेर आफ्नो जीवनसाथीको पूरानो साथी र उनीसँगको सम्बन्धका बारेमा नदोहो¥याइरहनुहोस् । आफूसँग जोडिएको सम्बन्ध कसरी सकरात्मकरुपमा अगाडि बढाउने भन्ने सोचेर बितेका दिनको सम्झना नगर्दा र नगराउँदा नै एकअर्काको लागि राम्रो हुन्छ ।

वि.सं.२०७५ माघ २१ सोमवार ०८:५९ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...