
२० माघ, काठमाडौं । सन्राइज बैंक लिमिटेडले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेकोे छ ।
आईतबार एक कार्यक्रमका बिच स्थानान्तरण गरिएको शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरे । साथै प्रदेश सभा सदस्य एवंम् पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको ए.टि.एम को उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हाल सन्राइज बैंकले मुलुकभर आफ्नो १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।