back

किन बिथोले रावलले प्रदेश ७ को भ्रमण ?

वि.सं.२०७५ माघ २१ सोमवार

171 

shares
NTC AD
Global IME AD

२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका प्रतिपा भनि चर्चामा रहेका नेता भीम बहादुर रावलले भाँड भैलो मच्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सुदूरपश्चिम भ्रमण बिथोलिएको छ । प्रधानमन्त्रीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल पनिसँगै जाने निश्चित भएको थियो । प्रधानमन्त्री ओलीले २०७५ माघ २० गते सुदूर पश्चिम प्रदेश संसद्को र त्यसपछि नेकपाको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

२०७५ पुस २७ गतेको प्रदेश कमिटीको बैठकले निर्णय गरेको थियो । स्वास्थ्यले साथ दिएमा माघ २१ गते कैलाली उद्योग बाणिज्य संघको अयोजनामा धनगढीमा सुरु हुने महोत्सबको उद्घाटन समारोहमा पनि सरिक हुने प्रधानमन्त्रीको कार्यक्रम थियो ।

तर, नेकपा सुदूरपश्चिम प्रदेशका इन्जार्ज भीम रावलले आफू निकटका प्रदेश सदस्यलाई २०७५ माघ १२ गतेको प्रदेश कमिटीको छलफल बिथोल्न लगाएपछि प्रधानमन्त्री लगायतका नेताहरुको भ्रमण अनिश्चित भएको छलफलमा सहभागी एक नेताले भने । साँघु साप्ताहिकबाट

वि.सं.२०७५ माघ २१ सोमवार ०९:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...