Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरीकाले छल गरेकोमा भारत आक्रोशित



२१ माघ नयाँ दिल्ली । नक्कली विश्वविद्यालयमा भर्ना भएको भन्दै संयुक्त राज्य अमेरीकामा आफ्ना १२९ विद्यार्थी पक्राउ परेपछि भारतले कूटनीतिक विरोध जनाएको छ ।
अवैध आप्रवासनलाई लक्षित गर्दै अमेरिकी अधिकारीहरुले एउटा नक्कली विश्वविद्यालय खडा गरेका थिए । सोही विश्वविद्यालय भर्ना हुन आएका १२९ भारतीय विद्यार्थि समातिएपछि भारतले कुटनीतिक विरोध जनाउको हो । अमेरीकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालय होमल्यान्ड सेक्युरिटीका गुप्तचरहरुले ‘पे–टु–स्टे’ भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित विश्व विद्यालय खडा गरेका थिए । ती गुप्तचरहरुले मिसिगन राज्यमा फर्मिङ्टन विश्वविद्यालय रहेको भन्दै विज्ञापन अभियान चलाएका थिए ।

भर्ना आएका विद्यार्थिलाई विज्ञापन गरिएको विश्वविद्यालय अवैध हो भन्ने पूर्वजानकारी भएको अभियोजकहरुलाई उद्धत गर्दै बिबिसीले उल्लेख गरेको छ । विश्वविद्यालय अवैध होभन्ने थाहा हुँदाहुँदैपनि अमेरीकामा बसोबास गर्ने उद्धेश्यले उनीहरु भनौ भएको अमेरिकी अधिकारीहरुको आरोप छ । उता,भारतले भने आफ्ना विद्यार्थिलाई छल गरिएको भन्दै कुटनितिक विरोध जनाएको हो । भारतको विदेश मन्त्रालयले अमेरिकामा पक्राउ परेका भारतीय विद्यार्थीप्रती गम्भिर चासो देखाउदै शनिबार दिल्ली स्थित अमेरिकी दूतावासमा उनीहरुलाई कल्सुलर पहुँच दिन आग्रहका साथ कूटनीतिक विरोध जनाएको उल्लेख गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । मगर संघ युकेद्धारा आयोजना हुने ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय