२१ माघ, काठमाडौं । नेपाली सेनामा रिक्त रहेको पाँच उपरथीको पदपूर्तिका लागि प्रक्रिया अगाडि बढेको खबर छ । यसभन्दा अगाडि सहायक रथीबाट उपरथीमा बढुवाका निम्ति ‘ बढुवा सिफारीस समिति’ ले सिफारीस गरेका ५ जना उपरथीकहरुको नामप्रति आपत्ति भए दावी विरोध गर्न समितिले १५ दिने सूचना जारी गरेको थियो ।
यो सूचनाको आधारमा आफू पनि सहायक रथीमा बढुवा हुनुपर्ने दावी गर्दै सहायक रथी संजय भण्डारीले उजुरी गरेपछि उनको दावी प्रति सेनाले छानविन गर्नुपर्ने भएका कारणले गर्दा केही दिन पाँच उपरथीको बढुवा प्रक्रिया रोकिन पुगेको थियो । तर, बढुवा सिफारीस समितिले सहायक रथीबाट उपरथीमा बढुवाका निम्ति भण्डारीको दावी नपुग्ने ठहर÷निर्णय सैनिक नियम अनुसार सैनिक सचिवालयले जारी गरेपछि नेपाली सेनामा रिक्त रहेका पाँच उपरथीको बढुवाको सिफारीस गर्दै प्रक्रिया अघि बढाउन २०७५ माघ १८ गते सैनिक मुख्यालयले रक्षा मन्त्रालय पठाएको छ ।
उपरथी बढुवाका लागि सिफारीसमा पर्ने सहायक रथीहरुमा सर्वश्री बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् । साँघु साप्ताहिकबाट