Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

३७ लाखमा खानेपानी योजना



२१ माघ, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रु ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।

स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको हो । सांसद विकास कोषबाट रु १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट रु १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट रु १० लाख तथा उपभोक्ताले रु दुई लाख ५५ हजार बराबरको जनश्रमदान गरी सो योजना निर्माण गरेका उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिए । योजनाबाट २०० परिवार लाभान्वित हुने छन् ।

“प्रत्येक घरमा मिटर जडान गरी पानी वितरण थालेका छौँ,” उनले भने । योजना निर्माण भएपछि पानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी जयश्वर पाण्डेले बताए । “घण्टौँ हिँडेर पानी लिन जानुपर्ने बाध्यता थियो, अब समस्या हटेको छ”, उनले भने । सो योजनाको आइतबार गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले उद्घाटन गरे ।

बाह्र लाखको जग्गादान

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित लोकतान्त्रिक युवा समाजको भवन निर्माणका लागि पोखरा महानगरपालिका–२९ निवासी कल्याणबाबु भण्डारीले चार आना जग्गा दान गरेका छन् । नेपाल विद्यार्थी सङ्घ कास्कीका पूर्वअध्यक्ष तथा नेपाली काङ्ग्रेस पोखरा महानगरपालिकाका सदस्य भण्डारीले करीब रु १२ लाख बराबरको सो जग्गा समाजको भवन निर्माणका लागि दान गरेका हुन् ।

समाजको भवन निर्माणका लागि जग्गाको आवश्यकता परेको थाहा पाएपछि आफूले जग्गा दान गरेको भण्डारीले बताए । समाजका अध्यक्ष हिरा थापाले सो जग्गामा भवन निर्माण गरिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमीक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षााको लागि

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय