Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

दक्षिणी क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयाँै स्थान खाली गराइयो



२१ माघ, लस एन्जेल्स । संयुक्त राज्य अमेरिका,  अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक वर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् ।

आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय सरकारले बाढीबाट प्रभावित हुनसक्ने कतिपय होचा स्थानलाई खाली गरेको बताइएको छ ।
आँधीले राजमार्गहरूमा पहिरो तथा रूख ढालेपछि कतिपय राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । क्यालीफोर्निया यातायात विभाग (सेल्ट्रान्स)का अनुसार प्रशान्त महासागरीय तट क्षेत्रको राजमार्ग लस पोसास रोडबाट बिहानैदेखि अवरूद्ध भएको छ ।

उक्त क्षेत्रमा आँधीपछि आएको बाढीले सडकमा थुपारेको हिलो माटोलाई हटाउन नसक्दा आवागमन प्रभावित बनेको हो । आँधीका कारण मालिबुको ब्रोड बीच, बिगसुरबाट दक्षिणी क्षेत्र, सेन्ट बार्बारामा रहेको मिलपास सडक क्षेत्र, भेन्तुराबाट दक्षिणी क्षेत्रमा आवागमन प्रभावित बनेको छ ।

स्थानीय अधिकारीले आई–५ राजमार्ग पूर्णतया अवरूद्ध भएको भन्दै सेल्डन सडक नजिकका वैकल्पिक सडकको प्रयोग गरेर गन्तव्यमा जान वा अर्को सूचना जारी नहुँदासम्म सुरक्षित स्थानमा पर्खन आग्रह गरेका छन् ।

आँधीका कारण रेलका लिकमा हिलोको थुप्राहरू जमेका सूचनाका आधारमा भेन्चुराबाट आउने रेल सेवामा पनि केही ढिलाइ भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाले दक्षिणपूर्वी भेन्तुराको उलसे फाएर, हिल फाएर सान्त मोनिका क्षेत्रका आगामी केही समयसम्म बाढी तथा पहिरोको खतरा हुने बताउँदै नागरिकलाई सुरक्षितस्थलतर्फ जान भनेका छन् ।

आइतबार दिउँसोसम्म पनि थप वर्षा हुने र यसबाट बाढी तथा पहिरो जानसक्ने सम्भावना रहने भन्दै सावधानी अपनाउन एनडब्लुएसले निर्देशन दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले