Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

खानेपानी निर्माण शुरु



२१ माघ, हेटौँडा ।  सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा रु दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ ।

सो आयोजनाअन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए ।

आयोजना निर्माणका लागि १० प्रतिशत रकम स्थानीय तहले व्योहर्ने कार्यक्रमअन्तर्गत वडा नम्बर १० बाट रु १५ लाख विनियोजन भएको छ ।

खानेपानीका लागि उक्त वडाको फिसिङखेलको धारा चौउरमा बोरिङ गरी खानेपानी निकालिने र धारामा मिटर जडान पानी वितरण जनाइएको छ ।विसं २०७२ को भूकम्पपछि पानीको स्रोत सुक्दै गएकाले खानेपानीको समस्या बड्दै गएको वडाध्यक्ष हीराबहादुर गमालले बताए ।

वडा अध्यक्षको उदाहरणीय काम

हेटौँडा उपमहानगरपालिका–५ का अध्यक्षले आफ्नै खर्चमा ६० विपन्न घरपरिवारको स्वस्थ्य बीमा गरिदिनुभएको छ । हेटौँडा– ५ स्थित राई टोलमा रहेका ६० घरपरिवारको वडाध्यक्ष राजेश बानियाँले रु एक लाख ५० हजार खर्च व्यहोरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन