
२१ माघ, खलङ्गा । नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द आचार्यले जानकारी दिए ।
बहत्तर वर्षीय भाषाविद् तथा लेखक आचार्यद्वारा शब्दकोशको लेखन कार्य भइरहेको छ । पुस्तकले बढीभन्दा बढी ‘खसिया आखर’ शब्दलाई लक्ष्य बनाएको उनले बताए । तत्कालीन जिल्ला विकास समिति र लेखक रमानन्द आचार्यसहित जुम्ली अगुवाको पहलमा वि सं २०६५ देखि शब्दकोश लेख्न शुरु गरिएको थियो । सम्पादक आचार्यको दैनिकी आधा घण्टाको बाटो हिँडेर कार्यालय पुग्छन् ।
बिहान घरमा खाएको खानाकै भरमा दिनभर व्यस्त रहने गरेको एक दशक भयो । आफू बाँचुञ्जेल आफ्नै हातबाट शब्दकोश प्रकाशन गर्ने चाहना रहेको उनको भनाइ छ ।
आर्थिक अभावले समस्या
शब्दकोश अहिले आर्थिक अभावकै कारण सुस्त गतिमा लेखन हुँदैछ । “बजेट नहुँदा शब्द नै सङ्कलन गर्न सकिएको छैन, भएका शब्द पनि कम्प्युटर टाइपिङ भएका छैनन्”, सम्पादक आचार्यले गुनासो गरे । “म एक्लैले शब्द खोज्नु कि शब्द अथ्र्याउनु ।” निःशुल्क सहयोग गर्ने कोही नभएको उनले बताए ।
जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख खस नेपाली भाषा तथा नेपाली भाषाको संरक्षण गर्न शब्दकोशको तयारी भएको हो । उहाँका अनुसार विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोशले सहयोग पु¥याउने छ । शब्द सङ्कलनका लागि आचार्य अन्य सहकर्मीसहित डोल्पाको तलिभोटान, कालीकोटको रासकोट भेक, मुगु तथा हुम्लाका विभिन्न गाँउ घुमिसक्नुभएको छ ।
उहाँसँगै सदस्य गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईंसमेत खटिनुभएको छ । पुराना खस शब्द सङ्कलनमा भने सिञ्जाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तङ्गानाथ उपाध्यायले सहयोग गरको उहाँको भनाइ छ । खस शब्द सङ्कलनका लागि जुम्लाका सिञ्जा, पाँचसय, चौधबीस र असी भएकलाई केन्द्रविन्दु बनाइएको छ । अहिले ‘खसिया आखर’ लेख्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
पहिलो पटक खस भाषामा लेख्न लागिएको ‘खसिया आखर’ को पाण्डुलिपि तयार हुँदैछ ।