Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

क्युबामा शक्तिशाली आँधीबाट छको मृत्यु



२१ माघ, हवाना ।  क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीले आइतबार सो जानकारी दिएका छन् ।

यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमलाई बताउनु भएको छ । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।

आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे, पादरोन र टेन डे ओक्टेब्रे शहर गत जनवरीको २७ तारीखबाट नै प्रभावित भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्