
२१ माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा आज नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राईलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत पुस २७ गते बसेको मन्त्रीपरिषद बैठकले राईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो ।
त्यसैगरी राष्ट्रपतिले मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आजै नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।