Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली क्रिकेटमा अर्को खुशी, पाकिस्तान विरुद्धको खेलमा नेपालले गर्यो ‘क्लिन स्वीप’



२१ माघ, काठमाडौँ। घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टि–२० सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो ।

इस्लामावादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन् ।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालका लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित हुँदै २५ हजार हात पारिन् ।

यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पा¥यो । पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज विश्व नेत्रहीन क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिज हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।