back

मनाङले बङ्गलादेशी लिग ढाका अबहानीसँग प्रतिस्पर्धा गर्ने

वि.सं.२०७५ माघ २१ सोमवार

450 

shares
GLOBAL IME AD
NTC AD

२१ माघ, काठमाडौँ । लिग विजेता मनाङ पहिलो भेट ढाका अबहानीसँग शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विजेता मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा बङ्गलादेशीको लिग विजेता क्लब ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार मनाङले पहिलो खेलमा अबहानी लिमिटेडको सामना गर्ने भएको हो ।

समूह ‘इ’ मा रहेको मनाङले पहिलो खेलका रुपमा आगामी अप्रिल ३ मा अब हानी लिमिटेडको सामना गर्नेछ । मनाङको होम खेलअन्तर्गत रहेको उक्त खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । मनाङले अबहानीसँग अव खेल भने ढाकास्थित बङ्गबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ ।

ए डिभिजन लिग विजेता टोली एएफसीमा सहभागिता जनाउने प्रवधानअनुसार मनाङले यो अवसर पाएको हो । यस्तै मनाङले प्ले अफबाट आउने टोलीसँगको अवे खेल अप्रिल १७ मा खेल्नेछ । भारत, श्रीलङ्का र भूटानमध्येको एक टोलीले खेल्नेछ । प्ले अफबाट आउने टोलीसँग मनाङले होम खेल आगामी जुन २६ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।

वि.सं.२०७५ माघ २१ सोमवार १९:५८ मा प्रकाशित

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...