
२२ माघ, भारत । भारतको राजधानी दिल्लीमा स्वाइन फ्लुको खतरा लगातार बढिरहेको छ । एच वान एन वान इन्फ्लुएंजा भाइरसका बिरामी दिनप्रतिदिन बढिरहेका छन् ।
सोमबार दिल्ली सरकारले जारी गरेको तथ्यांकमा २९ जनवरीमा ५१२ जना स्वाइन फुल्को विमारी भेटिएकोमा फरवरी ५ (सोमबार) सम्ममा १०११ जनामा स्वाइनफ्लु भेटिएको छ ।
हाल स्वाइन फ्लुबाट कति जनाको मृत्यु भयो भन्ने पुष्टि गरिएको छैन । अन्य सहरमा भने पछिल्लो महिना ११ जनाको स्वाइनफ्लुबाट मृत्यु भएको थियो । २०१८ मा स्वाइन फ्लुका विरामी २०५ जनामा देखिएको थियो । त्यसमा २ जनाको मृत्यु भएको थियो भने अहिले देशभरीमा स्वाइनफ्लुबाट मृत्यु हुनेको संख्या २२६ जनाको मृत्यु भइसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यी हुन् स्वाइन फ्लुका लक्षण
-ज्वरो आउनु
-अत्यधिक थकान महसुस गर्नु
-टाउको दुख्नु
-चिसो लाग्नु
-नाकबाट निरन्तर पानी जस्तो सिगान बग्नु
-सास लिन गा¥हो हुनु
-भोक कम लाग्नु
-मांसपेशीहरु दुख्नु पेट खराब हुन
-उल्टी हुनु ।
यसरी बच्नुस् स्वाइनफ्लु लाग्नबाट
-स्वाइनफ्लुको लक्षण देखिनासाथ अस्पताल जानुहोस् ।
-घरको वरीपरी सरसफाइमा विशेष ध्यान राख्नुहोस् ।
-ढोका, बेल, किर्बोड, रिमोट कन्ट्रोल, सार्वजनिक सवारी साधनको प्रयोग गर्दा हाथमा एन्टि ब्याक्टेरियल साबुनले हात धुनुहोस् ।
-रुघा लाग्दा, हाछ्यु गर्दा टिश्यु पेपरको प्रयोग गर्नुहोस् र त्यसलाई डस्बिनमै लगेर फ्याक्नुहोस् । जथाभावी टिश्यु फ्याक्दा अरुलाई पनि यसको खतरा हुन्छ ।
-रुघा लागेको बेला अरुको नजदिक नजानुहोस् ।
-पानीसँग खानुहोस् । यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।
-दिनमा धेरैपटक र बाहिर गएर आउनासाथ सावुन पानीले हात धुनुहोस् ।
-अमला सेवन गर्नुहोस् । यसमा भिटामीन सी अत्यधिक मात्रामा पाइन्छ ।
-विहान तुलसीको पातको चिया पिउने गर्नुहोस् ।
-रातिमा सुत्नुभन्दा पहिले बेसा राखेर दूध पिउनुहोस् ।