Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता



२२ माघ, काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरेका छन् ।

सो बैंकअस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकीने छ ।

लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएम।ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार