Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

राज्यले देशभरका सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने



२२ माघ, बुधबारे । अब राज्यले देशभरका सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने भएको छ । सहकारी गरिवी व्यवस्थापन सूचना प्रणाली कोपोमिस मा अब सबै सहकारीले आप्mनो आर्थिक सहितका सम्पूर्ण गतिविधि अपडेट गर्नुपर्ने छ । धेरै सहकारी संस्था सहकारी मर्म अनुरुप नचलेको र त्यसले गम्भिर खतरा निम्त्याउने हुँदा राज्यले नै त्यसको निगरानी गर्ने भएको हो । कोपोमिसमा अनिवार्य सहकारी संस्थाहरुले गतिविधि पठाउनुपर्ने विर्तामोड नगरपालिकाका सहकारी प्रमुख डिल्ली दाहालले बताएका छन् ।
झापाको बुधबारेमा शनिबार बरपीपल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने सहकारी अभिमुखीकरण कार्यक्रमको सहजकर्ता समेत रहेका प्रमुख अतिथि दाहालले त्यस्तो बताएका हुन् । उनले बैंक स्टाइलमा खोलिएका सहकारीको भविश्य नभएको पनि बताएका छन् । तामझामका साथ बैंक स्टाइलमा खोलिएका सहकारी संस्थाहरु प्रति झट्ट विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

संस्थाका अध्यक्ष हरि पौड्यालको सभापतित्वमा भएको अभिमुखीकरण कार्यक्रममा दाहालले संशोधित सहकारी ऐन २०७४ सहकारीलाई सहकारीकै शैलीमा डो¥याउन महत्वपूर्ण भएको बताएका छन् । उनले सहकारी ऐन २०७४ ले देशभरका सहकारीलाई नियममा बाँधेको धारणा राखेका छन् । सहकारी गरिवी व्यवस्थापन सूचना प्रणाली कोपोमिस मा अब सबै सहकारीले आप्mनो आर्थिक सहितका सम्पूर्ण गतिविधि अपडेट गर्नुपर्ने जानकारी गराएका छन् ।

उनले ‘एक व्यक्ति एक सहकारी’ भन्नेकुरा धेरै अघिबाट चर्चा भएपनि त्यो ऐनमा नै उल्लेख भएकाले वि।स। २०७७ साल कार्तिक मसान्तदेखि कुनैपनि व्यक्तिले समान प्रकृतिका विभिन्न सहकारीमा शेयर खरिद गर्न नपाउने र भएको भए सो मितिदेखि कुनै एक सहकारीमा मात्र बस्न पाउने बताएका छन् । दाहालले संविधानको धारा २९२ मा सहकारीका बारेमा बोलेको बताउँदै सहकारी ऐन २०७४ को दफा ३ मा संस्था गठन सम्बन्धमा उल्लेख गरिएको जानकारी गराए । उनले महानगरपालिका तथा उपमहानगरपालिकामा संस्था दर्ता गर्न एक सय जना, नपा÷गापामा सहकारी दर्ता गर्न ३० जना शेयर सदस्य हुनुपर्ने प्रावधान रहेको बताएका छन् भने कुनै खास पेशा÷व्यवसाय गर्नेका लागि संस्था दर्ता गर्न १५ जना शेयर सदस्य हुनुपर्ने बताएका छन् । सहकारीमा शेयर सदस्य बन्न चाहने नयाँ सदस्यले अबबाट चुक्ता शेयर पूजिँको ०।०५ प्रतिशत शेयर अनिवार्य रुपमा किन्नै पर्ने उनको भनाई छ । संस्थाका सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष पौड्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिएभने सल्लाहकार गंगाराम राई, लेखा संयोजक सन्तोष वाग्ले र कार्यसमिति सदस्य रजिना बरालले तालिमका बिषयमा अनुभव सुनाएका थिए ।

झापाको बुद्धशान्तिमा ६८ वटा सहकारी संस्था छन् भने झापामा जम्मा ९ सय २ बटा सहकारी संस्थाहरु रहेका छन् । जसमध्ये प्रदेश अन्तर्गत ४५६ वटा सहकारी संस्थाहरु रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्