Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकी राजदूतले शिक्षा मन्त्रीलाई भेटे



२२ माघ, काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी नेपालका विद्यालयमा अङ्ग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकलाई प्रवेशाज्ञाको प्रक्रिया सहज बनाई दिन आग्रह गरेका छन् ।

राजदूत बेरीले सन् १९६२ मा स्थापना भएको लिङ्कन स्कूलमा अङ्ग्रेजी भाषा पढ्न चाहने विद्यार्थीलाई सहज वातावरण मिलाई दिन पनि अनुरोध गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको अपेक्षा गरिएको बताए। नेपालका विद्यार्थीले फुलब्राइट छात्रवृत्तिमार्फत अमेरिकामा उच्च शिक्षाका अवसर, नेपालका विद्यालयमा अङ्गे्रजी भाषाको प्रवद्र्धनका लागि पिसक्रप्स भोलेन्टियर र भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा प्राप्त अमेरिकी सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४