२३ माघ काठमाडौ । विदेशी नागरिकताले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्ध गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिएको गृह मन्त्रालयले जनाएको छ ।
रद्ध गरिएका नागरिकता अधिकांश भारतीय मुलका नागरिकता लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्ध गरिएको बताए । आजको नयाँ पत्रिका दैनिक समाचारबाट ।