२३ माघ भोजपुर ।भोजपुर दिङ्ला बजारका धनश्याम श्रेष्ठ, हेमराज श्रेष्ठ, खिलराज श्रेष्ठ, र डुन्डी श्रेष्ठले २०÷२० हजार रुपैयाँ उठाएर खानेपानी मुहान खरिद गरे । षठानन्द ८ तुंगेछास्थित पोष्टबहादुर चापागाइको मुहान उनीहरुले ८० हजारमा किनेको हुन् ।
पानी उम्रिएको चार आना जमिन किनेपछि मात्र श्रेष्ठ दाजुभाईले पानी लैजानका लागि मुहान र वरपर रहेको जग्गा किन्नै पर्ने सर्त राखे, हेमराजले भने, हामीसँग कुनै विकल्प भएन । खानेपानीको संकट टार्न पनि मुहान खरिद गरेर घरसम्म पाइपमार्फत पानी ल्यायौँ । आजको अन्नपुर्ण दैनिक समाचारबाट ।