back

कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल

वि.सं.२०७५ माघ २३ बुधवार

411 

shares
GLOBAL IME AD
NTC AD

२३ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ ।

लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई सोमबारसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकोमा सोमबार कार्यदलको बैठक बस्न सकेन ।

कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यका बाहिर रहेको र कार्यसूचीमा मतभिन्नता कायमै रहेकाले प्रतिवेदन बुझाउन कार्यदल असमर्थ भएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा छ महीनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएकामा यसबीचमा नेताहरूको व्यस्तता, विवाद हुँदै कहिले दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा कहिले सचिवालय, स्थायी कमिटी वा कार्यदल हुँदै एकताबारे टुङ्गो लगाउन पटक पटक जिम्मेवारी दिई काम थालिए पनि अन्तिम रूप पाउन सकेको छैन । कार्यकर्ताहरू जिम्मेवारीबिहीन हुँदा निराशा व्यक्त गर्न थालिरहेका छन् ।

स्थायी कमिटीको गत पुस १२ को बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेलसम्मिलित कार्यदललाई पुस मसान्तभित्र एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएको थियो । सो अवधि पार भएपछि सोमबारको सचिवालय बैठकले आजसम्मको अवधि दिएको थियो । कार्यदलका केही सदस्य केन्द्र सरकारका मन्त्री तथा केही सदस्य प्रदेशका मुख्यमन्त्री रहेकाले पनि कार्यव्यस्तता देखिएको छ ।

कार्यदल बैठक सोमबार किन बस्न सकेन भन्ने राससको प्रश्नमा एक सदस्य वेदूराम भुषालले भन्नुभयो, “बैठक बस्न नसकेको होइन, बसाउन नचाइएको हुन सक्छ ।” उहाँले स्थायी कमिटीले आफूहरूलाई जिम्मा दिएकाले सोही कमिटीमा यसबारे निर्णय हुने जिकिर गर्नुभयो । कार्यदलका कतिपय सदस्य भने सचिवालय बैठकले नै निर्णय गर्न सक्ने आँैल्याउँछन् । कार्यदलका सदस्य एवं पार्टीका महासचिव पौडेलसँग यसबारे बुभ्न खोज्दा कार्यव्यस्तताका कारण सम्पर्क हुन सकेन । उहाँको सचिवालयका अनुसार कार्यदलको बैठक बस्न नसकेको विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेको छ ।

कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी र जनसङ्गठनको एकताबारे प्रतिवेदन दिनुपर्नेमा गत असोज ५ गतेको सचिवालय बैठकको निर्णयबाट तय भएको प्रदेश सङ्गठन कमिटीका इञ्चार्ज, सहइञ्चार्ज अध्यक्ष र सचिवका विषयमा विवाद उत्पन्न हुँदा बैठक नबसेको बुझिएको छ । प्रदेश र जिल्ला कमिटीको सङ्ख्या भने निर्धारण भइसकेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको नेतृत्व चयनमा लिखित असहमति दर्ज गर्नुभएको थियो । प्रदेश, जिल्ला र जनसङ्गठनका यसअघिका कार्यदलबाट ती कमिटीमा रहने सदस्यहरूबारेको मापदण्ड र प्रस्तावित नामावली पार्टी केन्द्रीय कार्यालयमा सिफारिस भइसकेको छ ।

नेकपाले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने नीति गत साउन २३ गतेको सचिवालय बैठकले तय गरे पनि पछि त्यसको उलङ्घन गरिएको असन्तुष्ट नेताहरूको भनाइ छ ।

नेकपाले साङ्गठिनक एकीकरणका लागि सहज बनाउन सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता, सङ्घीय संसद् र प्रदेशसभाका प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरू, जिल्ला समन्वय समितिका संयोजक÷संयोजक तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद (अध्यक्ष र सचिव) पद को जिम्मेवारी नदिने निर्णय गरेको थियो ।

वि.सं.२०७५ माघ २३ बुधवार ०८:५७ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...