back

नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन

वि.सं.२०७५ माघ २३ बुधवार

408 

shares
GLOBAL IME AD
NTC AD

२३ माघ, काठमाडौ ।  नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएमआइटीटी को २३आँै सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो ।

यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवर्किङका हिसाबले फलदायी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । मेलामा नेपालले इएमआइटीटी २०१९ को सबैभन्दा सहयोगी स्टैंडको पुरस्कार पनि हात पारेको छ । टर्कीको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षमा धेरै एशियाली देशका लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ । नेपाल पनि यीमध्ये एक हो ।

बोर्डले टर्कीमा नेपाल प्रवद्र्धनका लागि केही वर्षदेखि निरन्तर रूपमा इएमआइटीटीमा सहभागिता जनाउँदै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० को पूर्र्वसन्ध्यामा राम्रो बजारीकरण रणनीतिका साथ यसको उपस्थिति विस्तार गर्न र नयाँ स्रोत बजारको खोजी भइरहेको बताए । इएमआइटीटीमा बोर्डले गन्तव्य मार्केटिङ कार्यशाला र बीटुबी सञ्जाल सत्रमा उपस्थिति जनाएको थियो । अन्तर्राष्ट्रिय अपरेटरको गन्तव्यसूचीमा नेपाललाई राख्न बोर्डका पदाधिकारीले अनुरोध गरेका थिए । नेपालको कक्षले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त गरेको थियो भने १० हजारभन्दा बढीले ती कक्षको अवलोकन गरेका थिए । इस्तानबुल र काठमाडौँबीचको सिधा हवाई सम्पर्कले टर्कीस पर्यटकको आगमन बढ्दै गएको छ ।

वि.सं.२०७५ माघ २३ बुधवार ०९:२२ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...