Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग



२३ माघ, काठमाडौ । नेपाल बिस्कुट उत्पादक सङ्घले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको छ ।

केही वर्ष अगाडिसम्म नेपालमा रु सात अर्बको लगानीमा ३५ बिस्कुट उद्योग सञ्चालनमा थिए । अहिले विदेशी विस्कुटसित प्रतिस्पर्धा गर्न नसकेर आधाभन्दा बढी उद्योग बन्द भई १६ मात्र सञ्चालनमा रहेका सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष वसन्तकुमार चौधरीको नेतृत्वको टोलीले मङ्गलबार मन्त्री यादवसँग भेट गरी नेपाली बिस्कुट उद्योगको अवस्थाका बारेमा आफ्नो ध्यानाकर्षण गराएको हो ।

सो ध्यानाकर्षणपत्रमा विदेशी तयारी बिस्कुट आयातमा निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको पाँच प्रतिशत भन्सार महसुल सुविधा उपलब्ध गर्न तथा स्वदेशी उद्योगलाई संरक्षण गर्दै विशेष सहुलियत प्रदान गर्नका लागि माग गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा