
२३ माघ, काठमाडौं । देशमा सप्रिएर कोहि विदेशमा विग्रिएका पाइन्छन् । कोही देशमा बर्बाद भएर विदेशमा तंग्रिएका पनि भेटिन्छन् । कोही चार महिना भुँइ पुछेर १४ महिनामै करोडपति भएका छन् । यसैमध्येका हुन् पुर्वप्रम लोकेन्द्र बहादुर चन्दका छोरा भुपेनको सहयोग पाएका नेपाली सेनाका महासेनानी माधव सुन्दर खड्का ।
भुपेन नेपालमा छँदा सिनेमाको हिरो थिए । यी दुई भाइले अमेरिका बसाइका क्रममा एउटा स्टोर चलाए । गत हप्ता माघ १५ गते आफ्नो पसलबाट चिठ्ठा बेच्दा बेच्दै सपना देखेँझै एकाएक करोडपति बने । उनीहरुले बेचेको चिठ्ठा जोए नामक व्यक्तिले किन्दा ११ करोड हात लाग्यो । त्यसमा साढे सात करोड चिठ्ठा पर्नेले पाए । चिठ्ठा बेच्नेको भागमा २५ प्रतिशत रकम आउने भएपछि भुपेन र माधवले केही रकम हात पारेका हुन् । जनआस्था साप्ताहिकबाट