Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

वरिष्ठ नेताहरुलाई छल्दै किन हुन्छ यस्तो निर्णय नेकपामा ?



२३ माघ, काठमाडौं । पार्टी एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) मा कतिपय महत्वपूर्ण निर्णयहरु ‘साइत’ कुरेर हुँदै आएका छन् । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यस्ता निर्णयहरु किन साइत कुरेर गराउँछन् ? नेकपाको सचिवालयदेखि स्थायी समिति बैठकमा उठ्दै आएको प्रश्न हो यो ।

दुई अध्यक्षले पार्टी प्रमुख समेत भइसकेका वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा रहेको मौका पारेर गत ३ जेठमा पार्टी एकिकरणको घोषणा कार्यक्रमको निर्णय लिए । सोधेरै आफू स्वास्थ्योपचारमा गएका बेला आफू नभएको मौकामा कुनै जानकारी नदिइ एकिकरण गरिएकोमा पार्टी प्रमुख सम्हालिसकेका वरिष्ठ नेता खनाललले नराम्ररी चित्त दुखाएका थिए ।

त्यसो त लामो समय पार्टी प्रमुख रहि सकेका अर्का वरिष्ठ नेता माधब कुमार नेपाल दक्षिण अफ्रिकाको घाना भ्रमणमा रहेका बेला प्रदेश कमिटी एकिकरणसँग जोडिएको महत्वपूर्ण निर्णय भएपछि फेरि प्रश्न नउठ्ने वातावरण बनेन् । किनकि, आफ्नो भ्रमणबारे उनले दुवै अध्यक्षलाई जानकारी मात्र दिएका थिएनन्, फर्किएपछि बैठक बसेर एकिकरणसँग जोडिएका निर्णय गर्ने समझदारीसहित घाना प्रस्थान पुगेका थिए । तर, उक्त समझदारी उल्लंघन गर्दै एक व्यक्ति ः एक कार्यकारी पदको सिद्धान्त अनुसार राजकिय मामिलामा रहेकाहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने मापदण्ड विपरीत मुख्यमन्त्रीहरुलाई नै प्रदेश इन्चार्ज तोक्ने काम गरियो । बुधबार साप्ताहिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार