Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

दलीय मतभिन्नता त्याग्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह



२३ माघ, वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन् ।

स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको “मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान” अन्त्य गर्न आग्रह गरे ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दलीय सहमतिका लागि आग्रह गरेपनि कठोर आप्रवासन नीतिको बचाव गरेका थिए । ट्रम्पका आप्रवासन नीतिले विपक्षी डेमोक्र्याट पार्टीलाई क्रुद्ध बनाउनुका साथै राष्ट्रपति ट्रम्पले आप्रवासी नियन्त्रणका नाममा मेक्सिको सीमामा पर्खाल निर्माण गर्न माग गरेको करिब छ अर्ब डलरको बजेट डेमोक्र्याट्सको बहुमत रहेको कङ्ग्रेसले अस्वीकृत गरेको छ ।

सम्बोधनका क्रममा पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती रहेको समेत बताए ।

उनले डेमोक्र्याट पार्टीसँगको सम्बन्ध सुधारका लागि कुनै नयाँ योजना अघि सारेनन् । बरु, सम्बोधनका क्रममा राष्ट्रपतिका कतिपय योजनाप्रति डेमोक्र्याट सांसदले बेवास्ता गरेका थिए ।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ भित्र मेक्सिको सीमामा पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट पारित गर्न अनुरोध गरेका थिए । उनले भने, समय नजिकिँदै छ, फेरि पनि बजेट अभावमा सङ्घीय कार्यालय बन्द हुन सक्नेप्रति डेमोक्र्याट्सले ध्यान दिनु आवश्यक छ । तर डेमोक्र्याट पार्टी राष्ट्रपति ट्रम्पको प्रस्तावमा अझै सहमत भएको छैन ।

मेक्सिको पर्खालको महत्वका बारेमा लामो व्याख्यान दिनुभएका राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो पर्खाल त बनाएरै छाड्छु ।”

यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिका बारेमा पनि लामै चर्चा गरेका थिए । उनले भियतनाममा उत्तर कोरियाली नेता कीम जोङ–अनसँग फेब्रुअरी २७–२८ मा दोस्रो भेटवार्ता गरिने घोषणा गरे ।

राष्ट्रपति ट्रम्पले भने “यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा अहिले उत्तर कोरियासँग ठूलै युद्ध भइरहेको हुन्थ्यो ।”

भेनेजुएलामा जारी राजनीतिक घटनाक्रमप्रति निन्दा गर्दै राष्ट्रपति ट्रम्पले भने “अमेरिका कहिल्यै पनि समाजवादी मुलुक हुने छैन ।” राष्ट्रपतिको उक्त भनाई वरिष्ट डेमोक्र्याट नेता बर्नी स्यान्डर्सप्रति पनि लक्षित थियो ।

राष्ट्रपतिको सम्बोधनका क्रममा सदनमा वरिष्ट डेमोक्र्याट र रिपब्लीकन नेताको उपस्थिति थियो ।

डेमोक्र्याट नेतृ स्टासी अब्राम्सले राष्ट्रपतिको सम्बोधनका विषयमा पार्टीका तर्फबाट प्रतिक्रिया दिएका थिए । एटलान्टाबाट बोल्दै अब्राम्सले राष्ट्रपति ट्रम्पले सङ्घीय कार्यालय आंशिक बन्द भएको घटनालाई राजनीतिक प्रचार–साधन (स्टन्ट) बनाएको आरोप लगाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार