Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

परिचयपत्रबाट ऋण दिन माग गर्दै मन्त्रीको ध्यानाकर्षण



२३ माघ, काठमाडौँ  । मुक्तकमैयाले प्राप्त गरेको परिचयपत्रलाई धितो राखी बैङ्कबाट ऋण लिन पाउने व्यवस्थाको माग गर्दै भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालको ध्यानाकर्षण गराइएको छ ।

सामुदायिक ग्रामीण विकास समाज, हेल्प सोसाइटी नेपाललगायत संस्थाले संयुक्तरुपमा उक्त समुदायका अधिकांश परिवार बेरोजगार भएकाले व्यवसाय सञ्चालन गर्न ऋण तथा रोजगारीका वैकल्पिक व्यवस्था गर्न माग गर्दै सचिवालयमार्फत ध्यानाकर्षणपत्र बुझाएको हो ।

उक्त पत्रमा पुनःस्थापना हुन बाँकी कमैयालाई चाँडो व्यवस्थापन गर्नुपर्ने, घर निर्माणका लागि काठबापत विनियोजन गरिएका रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने, उनीहरुले भोगचलन गर्दै आएका जमीनको लालपुर्जाको व्यवस्था गर्नुपर्ने, सरकारले अभिलेख सङ्कलन गर्दा छुटेका कमैयालाई पुनः दर्ता गर्नुपर्ने, प्रदेश नं २ मा विद्यमान हरुवा चरुवाजस्ता बधुवा मजदूरलाई मुक्त गर्नुपर्नेलगायत माग गरिएको छ ।

सरकारले विसं २०५७ मा कमैयालाई मुक्त घोषणा गरेकामा २७ हजार ५७० को लगत तयार गरेको थियो । विसं २०६५ मा पुनःस्थापनाको गठन आदेश आएपछि आव २०६६÷०६७ देखि व्यवस्थापनको कार्य शुरु गरेकामा करीब दुई हजार कमैयालाई पुनःस्थापना गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय