Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

नेविसङ्घका नेतालाई फौजदारी मुद्दा लगाएकोमा कांग्रेस गम्भिर



२३ माघ, काठमाडौँ। नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएकोे छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका केही दुःखद घटनालाई आधार मानेर हालै पोखरामा सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाइएको भन्दै गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको हो ।

बैठकले यही माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौँको जनसहभागिताप्रति आभार प्रकट गर्दै छोटोे समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिएको छ । साथै प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवादज्ञापन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले सरकारका गलत क्रियाकलापविरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढङ्गले गरिनुपर्छ भन्ने प्रस्ट मान्यता रहेको जनाउँदै माघ २१ गतेको प्रदर्शन सकिएपश्चात् धनुषामा पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

जनकपुरमा प्राथमिक उपचारपश्चात् हाल उनको उपचार विराटनगरमा भइरहेको उल्लेख गर्दै मुख्य सचिव पौडेलले तत्काल जाहेरी दर्ता गरी दोषीमाथि कारवाही गर्न बैठकले सरकारसमक्ष माग गरेको जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक भोलि माघ २४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

लामो समयसम्म श्रीमतीबाट कुटिएका एक श्रीमानले आफूमाथि श्रीमतीले गरेको अत्याचारका बारेमा सार्वजनिक गरेका छन्

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय