back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्सको महेन्द्रनगरमा नयाँ शाखा

वि.सं.२०७५ माघ २३ बुधवार

768 

shares

२३ माघ, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा मिति २०७५ माघ २३ गते औपचारिक उद्घाटन भएको छ ।

उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरे । उक्त अवसरमा संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । समारोहमा महाकाली यातायात समितिका अध्यक्ष श्री डम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी, पवन दुग्ध ब्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल, स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखा उद्घाटनको अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको आज उद्घाटन भएको शाखा सहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउंदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्नेछ भनि जानकारी दिए । आगामी दिनमा अफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ठ ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब.२०७५।७६ को लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १ अरब ७ करोड रहेको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित ४४ शाखा तथा ११ सेवा काउण्टरबाट ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको साथै २५० जना कर्मचारीहरुलकाई रोजगारी प्रदान गरिरहेको साथै नयां रोजगारीमा जोड दिई रहेको सेमत जानकारी गराए ।

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि महेन्द्रनगरमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् http://imegroup.com.np/?p=2586

वि.सं.२०७५ माघ २३ बुधवार २१:१५ मा प्रकाशित

Himalayan Life AD
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

Kathmandu. In a landmark move to modernize public infrastructure, the World...