२४ माघ, काठमाडौ । सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी एक्जिएटाबाट असुल गर्न बुधबार सरकारलाई परमादेश दिएको छ । प्रध्यानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको बृहत पूर्ण इजलासले एनसेल,सेयर कारोबार रहेका विदेशी कम्पनी तथा अधिवक्ता भावेश गौतमको रिट निवेदन खारेज गर्दै कर तिनुपर्ने फैसला सुनाएको हो ।
इजलास न्यायाधिशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए । फैसलाको पुर्ण पाठ आउन बाँकी रहे पनि हाल एनसेलको प्रभावकारी नियन्त्रण एक्जिवटा कम्पनीकै नियन्त्रणमा रहेका कारण करको दायित्व पनि एनसेल रउसैको हुने स्प्रिटमा निर्णय भएको सर्वोच्चले जनाएको छ । आजको अन्नपुर्ण दैनिक बाट ।
वि.सं.२०७५ माघ २४ बिहीवार ०७:५२ मा प्रकाशित