२४ माघ काठमाडौ । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सहसचिवस्तरीय बैठक बिहीबारदेखी पोखरामा हुँदै छ । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका अनुसार बैठकको नेतृत्व मन्त्रालयका तर्फबाट सहसचिव रवी सैँजुले गर्नेछन् । सहसचिव सैँजुका अनुसार पोखरामा हुने दोस्रो चरणको बैठकमा मुख्य गरी व्यापार अवरोधका रुपमा देखापरेको गैरकर हटाउने विषयमा छलफल हुनेछ । भारतले नेपाली उत्पादनलाइ शुन्य भन्सारमा निर्यात गर्न दिने सुविधा दिने भनिए पनि विभिन्न शीर्षकमा अतिरिक्त कर लगाउँदै आएको छ ।
जुटमा लगाउँदै आएको काउन्टर भेलिङ डयुटीका कारण निर्यातमा समस्या आएको छ । कृषि उत्पादन अदुवा, अलैची, जुटलगायतमा क्वारेन्टाइन परीक्षणदेखि पनकासीमा आउने समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्ने विषय पनि छलफल राखिने छ । आजको अन्नपुर्ण दैनिक बाट ।
वि.सं.२०७५ माघ २४ बिहीवार ०८:०४ मा प्रकाशित