
२४ माघ, काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ । असारमा परीक्षण उडान गर्ने गरी ‘विमानस्थल निर्माण कार्य धमाधम भइरहेको छ । विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिले विमान उडाउने योजना छ ।’ विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल गौरवका आयोजना मध्ये एक हो । अधिकारीका अनुसार असार ३१ मा परीक्षण उडान गर्ने तयारी छ । आजको नागरिक दैनिकबाट