
२४ माघ, काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगार नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।
उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताए । आगामी फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने पनि मन्त्रालयले जनाएको छ ।
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मा प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी वेरोजगार भत्ता दिइने उल्लेख छ । आजको नागरिक दैनिकबाट