२४ माघ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपुर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरुले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरु असन्तुस्ट भएका हुन् ।
हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिबेदन बुझाउनका लागि छिटो बैठक डाक्नुपर्यो भनेकोभन्यै छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनुभएको छैन् कार्यदल सदस्य योगेश भट्टराईले भने एक दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुशी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ती गनै चाहानेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन् । आजको नयाँ पत्रिका दैनिक बाट ।