गैरआबासिय नेपालीहरु (बिशेषत श्रमिक गैरआबासिय नेपालीहरु) जसको रेमिटेन्सले देशको अर्थतन्त्रले चलिरहेको छ, तिनलाई त्रिभुवन बिमानस्थलमा बाहिरदा होस वा भित्रीदा होस सधै हेयको दृस्टीले व्यबहार गरिन्छ । जसको म आफै पनि समय समयमा भुक्तभोगी रहेको छु ।
हाल आएर झिटीगुम्टाको नाममा बर्ष भरि पसिना र श्रम बेची स्वदेश फर्कदा ल्याएका सिमित सामान लिमिट तोकेर जफत गरिनु र त्यसैलाई बिक्री गरि आएको सानो आयलाई सरकारको उपलब्धिको रुपमा प्रचार गरिनु दुर्भाग्यपूर्ण भएको छ । स्वदेशमा अबसर नपाएर बिदेशिएका श्रमिक प्रबाशी, जसले ल्याएको आयमा देशको अर्थतन्त्र अडेको छ, तिनलाई दुरस्ताहित र अपहेलित गरिनु आफैमा उदेक लाग्दो बनेको छ ।
सरकारले बरु तोकिएको सिमा भन्दा बढिको प्रयोजनको सामान ल्याए जफत गर्नुको साटो न्युनतम भन्सार शुल्क लिइ छोडनु उपयुक्त हुन्छ । बिश्वास छ , सरकारले यसमा आफ्नो निर्णय पुनबिचार गर्नेछ । र गैरआबासिय नेपालीहरुको सम्मान गर्नेछ ।
वि.सं.२०७५ माघ २४ बिहीवार ०९:०७ मा प्रकाशित