
२४ माघ, काठमाडौं । ‘परदेशमा झरेका फूल’ पुरस्कृत लेखेर चर्चामा आएका दिनेश भुसाल पुरस्कृत भएका छन् ।
एनआरएनए युरोपका संयोजक तथा भाषा साहित्य उपसमितिका संयोजक गोविन्द गौतमले स्थापना गरेको हेम–सरस्वती प्रतिष्ठानले उनलाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष गोविन्द गौतमले भाषा र साहित्यको उत्थानका लागि स्थापना गरिएको पुरस्कार राशिमा सानो भएपनि ठूलो भावना बोकेको बताएका थिए ।
एनआरएनए रसियाका अध्यक्ष रामेश्वर गौतमले स्वागत गरेको र पर्वत बहुमुखी क्याम्पसका फलेवासका प्रमुख खिलराज रेग्मी सञ्चालन गरेको सो कार्यक्रममा ‘छोरी पढाउ’ अभियन्ता प्रेम विश्वकर्मा लगायतका व्यक्तिहरुले साहित्य र भाषाका विविध आयाम बारे बोलेका थिए ।
कार्यक्रममा कवि शान्तिनारायण श्रेष्ठले भुसाललाई १५ हजार नगद र सम्मानपत्र प्रदान गरेका थिए । पर्वतको विहादीका भुसाल लेखन कार्यका अलावा सामाजिक अभियन्ता समेत हुन् ।