back
CTIZAN AD

प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण

वि.सं.२०७५ माघ २४ बिहीवार

762 

shares

२४ माघ, नयाँ दिल्ली ।  भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गरेका छन् ।

पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गरेका थिए ।

महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली भएको काँग्रेसले जनाएको छ ।

लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ ।

पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पु¥याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ ।

झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गर्नु भएको थियो भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन् ।

विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ । विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष भएका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति बनेका छन् ।

उनले आफ्नी बहिनी प्रियंकालाई महासचिवमा नियुक्त गरेपछि राहुलपछिको अध्यक्षका रूपमा उनलाई सहजै हेर्न थालिएको छ ।

करिब १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई भने यसै वर्ष हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ ।

वि.सं.२०७५ माघ २४ बिहीवार १०:४९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...