Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित



२४ माघ, बेनी । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् ।

म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।

शिविरबाट तीन विद्यार्थीको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा सिफारिश गरिएको र एक हप्ताभित्रमा पावरवाला चश्मा निःशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिए ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले औजार हस्तान्तरण गरी शिविरको उद्घाटन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन