२४ माघ, काठमाडौं । भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य दिएसँगै तरंगित अमेरिकाले नेपालप्रति कटाक्ष गर्दै आएको छ ।
भेनेजुयलाको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप राम्रो नहुने आशयको ऊक्त वक्तव्यका बारेमा अमेरिक तरंगित मात्र भएन, नेपालको दृष्टिकोण के हो भन्दै पटक–पटक र्याख र्याखती पारेर सरकारलाई हैरानै पार्यो। उसले दूतावासमार्फत् सम्बन्धित डेस्कमा पत्र पु¥याए पनि औपचारिक महत्व राख्ने अनौपचारिक धम्क्याइ यसबीचमा धेरै गर्यो ।
विश्लेषकहरुका अनुसार प्रचण्डको ठम्याइ नै सरकारको ठम्याइ हो भन्दै नेताहरुलाई घेराबन्दिमा पार्न अमेरिकी कुटनीति निकै प्रयत्न रह्यो । त्यति मात्र होइन, नेपालसँग खासै सम्बन्ध नभएको भेनेजुयलाका बारेमा यत्रो चासो किन ?’ भन्दै अस्वभाविक प्रश्न समेत अमेरिकाले गर्यो ।
महामहिम डोनाल्ड ट्रम्पले ‘नेपाल भारत भित्रकै होइन र ?’ भन्न मिल्ने, प्रचण्डले ‘भेनेजुयलामाथि साम्राज्यवादी हस्तक्षेप !’ भन्न नमिल्ने ? ओलिले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी डब्लु बेरी लाई गरेको प्रतिप्रश्न बामपन्थी बुद्धिजीवी पूर्ण रावलले सार्वजनिक गरेका छन् ।
एकथरी विश्लेषकहरुका अनुसार डोनाल्ड ट्रम्पको बुझाई र हेराइलाई प्रतिकात्मक रुपमा ओलीले बोलेको विषयमा अझै शंका छ किन कि, गत महिना मात्र ओलीले इण्डोप्यासिफिक चालवाजीमा परराष्ट्र मन्त्रीलाई सहि गराएका थिए । तर ओली नेतृत्वको सरकारले प्रचण्ड अभिव्यक्तिलाई समर्थन दिनु र पार्टीको पछिल्लो सचिवालयले समेत दृढतापूर्वक अडान लिएपछि ओली नटसमसीएको बरु वर्गपक्षधरतावादी कुटनीतिमा अडिग गरेको ठान्ने बुद्धिजीवीहरुको संख्या उस्तै छ । रावलले भने झै ओली अडान सहि हो भने उनलाई सबै नेपालीले सलाम गर्नुपर्छ ।