Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रहरीद्धारा एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट



२४ माघ, काठमाडौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिए ।

“समाजमा हुने हत्या, हिंसा, बलात्कार, झँैझगडा मदिराका कारण हुने गरेको हो”, उनले भने । मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।

कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने एक लाख २१ हजार ५७५ केजी कच्चा पदार्थसमेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौँबाट एक लाख १८ हजार २५५ र ललितपुरबाट तीन हजार ३२० रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र