Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

बोलेरो दुर्घटनामा ५ को मृत्यु, नौ जना घाइते



२४ माघ, सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार सख्त घाइते भएका छन् । थप उपचाकार लागि सख्त घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए ।

अन्य घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फिक्कलको महादेवडाँडा भन्ने स्थानबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेरोे दुर्घटना भएको हो । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालेरो सडकबाट २०० मिटर तल खसेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय