Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतबाट १७९ जना नेपालीको उद्दार



२४ माघ,काठमाडौँ । मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पु¥याइएका ३२ पुरुष र १४७ महिलालाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले आज जनाएको छ ।

उद्दार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया शुरु गरिएको र सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताए । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना सङ्कलन गरिने जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय