back

८४८ उपसचिवको समायोजन

वि.सं.२०७५ माघ २४ बिहीवार

444 

shares
GLOBAL IME AD
NTC AD

२४ माघ, काठमाडौँ  । सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए। सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । सरकारले यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । कूल ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन हुनेछ ।

वि.सं.२०७५ माघ २४ बिहीवार २१:०४ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...